काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतदान जारी छ । प्रतिनिधिसभातर्फ रिक्त रहेको निर्वाचन क्षेत्र चितवनमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी रहेको हो ।

चितवन–२ बाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेबाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

जारी उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् । रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here