काठमाडौं । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता यथावत् राखेका छन् । ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरी अग्रता यथावत् राखेका हुन् ।
उनी ३२ हजार ६०२ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गरेका छन् । रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् । हालसम्म आठ सय ७० मत बदर भएको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।


























