काठमाडौं । बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता यथावत् राखेका छन् । यादवले ९ हजार ८७० मत ल्याएर अग्रता बढाएका हुन् ।

बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९ हजार ८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ७७१ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीच ३ हजार १०१ मतान्तर रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् । यहाँ रास्वपा चौथो स्थानमा रहेको छ ।

रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याएका छन् । क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here