काठमाडाैं । चितवनको फिस्लिङ बजार नजिक बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन् । पाँचजना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ४०६० नम्बरको बस काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको बा-०-०२९ च ३७२० नम्बरको कार शुक्रबार बिहान चितवनको फिस्लिङमा ठोक्किँदा त्रिशूली नदी किनारमा खसेको हाे ।

कारमा सवार ५ जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here