काठमाडौं । महोत्तरीको बर्दिबासबाट काठमाडौं हिँडेर आएका मिटरब्याजी पीडितहरुलाई महानगरले खुलामञ्च प्रवेश गर्न रोग गरेको छ । ठूलो संख्यामा आएको मिटरव्याजी पीडितहरुले जबरजस्ती खुलामञ्च र्छिन खोजेपछि महानगरका नगरप्रहरीले रोक लगाएको हो ।
यसअघि नै पीडितहरुलाई खुल्लामञ्च छिर्न नदिन महानगरले खुलामञ्चमा ताला लगाएको थियो । मिटरब्याजी पीडितहरु र काठमाडौं महानगरपालिका नगरप्रहरीबीच धकेला धकेल समेत भएको छ । मिटरव्याजी पीडितहरु खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेपछि दुईपक्ष बीच धकेलाधकेल भएको हो ।
तर ठूलो संख्यामा आएको मिटरव्याजी पीडितहरुले महानगरविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले खुलामञ्चको गेटमा महानगरले प्रदर्शन गरिरहेका छन् । पीडितहरुले नाराबाजीका क्रममा केहि समयमा खुल्लामञ्च प्रवेश गर्ने नदिए जबरजस्ती प्रवेश गर्ने चेतवनी समेत दिएका छन् ।