काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषयमा कुरा नभएको बताएका छन्।
भारतीय विदेशमन्त्रीले पनि त्यसबारे नसोधेको र आफूले पनि जवाफ दिनु नपरेको प्रधानमन्त्री प्रचण्डले बताए। यसअघि जयशंकर नेतृत्वको भारतीय प्रतिनिधिमण्डलले आफूहरु काठमाडौं आएकै दिन चिनियाँ कम्युनिष्ट पार्टीको टोलीलाई पनि बोलाएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग विरोध जनाएको विवरणहरु सार्वजनिक भएका थिए।त्यस विषयमा शुक्रबार बिहान बसेको राज्य व्यवस्था समितिको बैठकमा पनि नेकपा एमालेले जिज्ञासा राखेको थियो। समितिको बैठकमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय टोलीसँग चिनियाँ टोलीको विषयमा कुरै नभएको बताए ।