काठमाडौँ – राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताएकी छन्।बिहीबारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले समितिका साझा विषयमा संयुक्त बैठक बस्ने अभ्यास सुरु भएको भन्दै यसलाई आगामी दिनमा अझै सशक्त बनाएर लैजानुपर्ने बताइन्। उनले संसदभित्र विज्ञ समूहरुको रोष्टर व्यवस्था गर्न पनि माग गरिन्।उनले भनिन्, ‘संसदीय अनुगमनलाई प्रभावकारी बनाउन एउटा स्पष्ट मापदण्ड निर्माण होस्। समितिका साझा विषयमा हामीले संयुक्त बैठक बस्ने अभ्यास सुरु गरेका छौँ। संयुक्त बैठक, संयुक्त निर्देशन र संयुक्त स्थलगत जाने कुरा आउने दिनमा यसलाई अघि बढाउनुपर्छ ।

संसदभित्र विज्ञ समूहरुको रोष्टर व्यवस्था गरियोस्। सबै समितिका सकारात्मक कामहरुको लागि अनुभव आदानप्रदान गर्ने छलफलले निरन्तरता पाओस्। राष्ट्रिय सभाले केही नयाँ मानकहरु स्थापना गरेको छ। समयमा नै सभा सञ्चालन हुने कुरा महत्वपूर्ण छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here