Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडाैं । काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरभित्र रहेको घन्टाघरको प्रबलीकरण रेट्रोफिटिङ गर्ने काम भइरहेको छ ।
आर्थिक वर्ष २०८१ मा ६० प्रतिशत र बाँकी अर्को आर्थिक वर्षमा प्रबलीकरण सक्ने गरी काम भइरहेको छ।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पबाट घन्टाघरमा क्षति पुगेको थियो। गत वर्षदेखी घन्टाघरको प्रबलीकरणको काम सुरू गरिएको थियो।
सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवन तथा आवासले घण्टाघर प्रबलीकरणको काम गर्दै आएको छ। घन्टाघरको घडी स्वचालित प्रकृतिको बनाउने तयारी भइरहेको छ।
घन्टाघरको घडीमा दम दिने काम गणेश सापकोटाले २०४४ सालदेखि गर्दै आएका थिए । उनले अवकाश लिइसकेका छन्।
घन्टाघर वीरशमसेर राणा प्रधानमन्त्री हुँदा निर्माण गरिएको थियो। १९९० सालको भूकम्पले घन्टाघरमा क्षति पुर्याएकोमा मर्मत गरिएको थियो।




























