Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले चैत १४ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपामा बैठक बस्ने भएको हो ।

बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । सरकारमा मन्त्रीको रुपमा सहभागी हुने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here