काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको बैठक सुरु भएको छ ।कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी बैठक सुरु भएको हो ।सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित छ ।
सम्मेलनको उद्घाटन पोखरा सभागृहमा भयो भने बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने तयारी गरिएको हो ।


























