नयाँ दिल्ली । केन्द्र सरकारको आदेशपछि समय रैनाको सो ‘इन्डियाज गट लेटेन्ट’को एपिसोड युट्युबमा रोक लगाइएको छ । रणवीर इलाहाबादियाले आपत्तिजनक टिप्पणी गरेका कारण युट्युबमा रोक लगाइएको बीबीसीले लेखेको छ । टिप्पणीकै कारण इलाहाबादियाको धेरै आलोचनासमेत भएको छ ।

भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले सामाजिक सञ्जालमा एक्समा यसबारे जानकारी दिएका हुन् । भारत सरकारको आदेशपछि यस्तो गरिएको गुप्ताले बताए ।

इलाहाबादियाले ‘इन्डियाज गट लेटेन्ट’ सोमा सहभागीका अभिभावकको व्यक्तिगत सम्बन्धमाथि प्रश्न उठाएका थिए । जसको आलोचना हुन थालेपछि उनले माफी पनि मागेका थिए ।

इलाहाबादियाले भने, ‘मेरो टिप्पणी उपयुक्त थिएन र हास्यास्पद पनि थिएन । कमेडी मेरो विशेषज्ञता होइन । म यसका लागि कुनै स्पष्टीकरण दिने छैन । म सबैसँग माफी माग्न चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here