काठमाडौँ । फिल्म ‘म्यारी माई हजबेण्ड’ फेम्ड कोरियन अभिनेत्री पार्क मिन योङ विवादमा तानिएकी छन् । कोरियन ट्याबलेट डिस्प्याचले पूर्व प्रेमी काङ जोङ ह्युनबाट पैसा लिएको समाचार प्रकाशन गरेपछि उनी विवादमा तानिएकी हुन् ।
पार्क विश्वव्यापी रुपमा चिनिएकी कोरियन फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । फिल्म ‘ह्वाट्स रङ विथ सेक्रेटरी किम’मा उनले निभाएको मी–सोको चरित्रले दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन् ।पत्रिकाका अनुसार काङले १ लाख ९० हजार अमेरिकी डलर पार्ककका खातामा पठाएका छन् । काङले यो रकम उनी आबद्ध एक कम्पनीबाट ऋणको रुपमा लिइएको र उक्त रकम पार्कको जीवनयापनका लागि दिइएको समाचारमा उल्लेख छ ।
काङ उनको कम्पनी र अन्य आबद्ध फर्मबाट ४५ दशमलब ७ मिलियन डलर हिनामिना गरेको आरोपमा मुद्धा झेलिरहेका छन् । अभिनेत्री पार्क र काङले केही महिना डेट गरेका थिए । पार्ककी बहिनी काङकै एक फर्मममा काम गर्छिन् ।