काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका यादवले केही बेरअघि सम्पन्न मतगणनाको नतिजाअनुसार २८ हजार ४१५ भोट ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे । कुशवाहाभन्दा यादव पाँच हजार ८० मतको अन्तरमा विजयी भएका हुन् । यहाँ एमालेका पुरुषोत्तम पौडेलले १०२१६ मत प्राप्त गरेका थिए । रास्वपाबाट उठेका रमेशप्रसाद खरेलले ५ हजार पनि मत प्राप्त गरेनन् । उनी २ हजार ८ सय २९ मतमा रोकिएका हुन् ।

एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताए। त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here