ललितपुर । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु १ जना घाइते भएका छन् । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा भएको दुर्घटना परी श्रीमान श्रीमतीको मृत्यु र छोरी घाइते भएका हुन् ।
बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खस्दा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको छ ।
उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी हुन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।


























