काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ ।
अदालतका सूचना अधिकारी दीपक दाहालले अनुसन्धानका लागि रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको बताए । रायमाझीलाई आइतबार साँझ प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति