काठमाडौं । पाकिस्तानमा हुने एसिया कप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्तान भएका छन् । सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आज (सोमबार) बिहान पाकिस्तान उडेका छन् । उनको बिदाईका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।


























