काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जर्लहवामा आगलागी भएको छ । आगलागीका कारण ७० भन्दा बढी घर जलेको महोत्तरीका एसपी नकुल पोखरेलले बताए । ८ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
बुधबार दिउँसो १ बजे अचानक आगो लागेको र हावा चलेका कारण तीव्र आगो फैलिएको एसपी पोखरेलले बताए । उनले भने,‘पशु चौपायाहरू आगलागीमा परेका छन् । क्षतिको यकिन विवरण लिँदै छौँ ।’