काठमाडौँ । झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरको एक सेक्टरमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
दमक नगरपालिका- ३ स्थित शिविरको सेक्टर नम्बर सी ४ मा रहेको ५ सय ३५ नम्बरको घरमा आगलागी भएको हो । वडा नं- ३ का अध्यक्ष नविन बरालका अनुसार भीमबहादुर घिमिरेको घरमा विद्युत शर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
आइतबार बिहान करिब ३ बजे आगलागी सुरु भएको बताएका बरालले दमक नगरपालिकाको वारुणयन्त्र, प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताए ।बाँस र जस्तापाताको कटेरो घर भएको हुँदा आगो चाडै फैलिएको बताएका स्थानीयले आगलागीमा मानवीय र पशुचौपायाको क्षती नभएको उल्लेख गरे ।


























