मनिला । डेंगी बढ्दै गएपछि फिलिपिनी सरकारले लामखुट्टे समात्ने र मार्नेलाई पुरस्कार दिने भएको छ।

डेंगी फैलिनबाट रोक्न घनाबस्ती भएका सहरी क्षेत्रका लागि यो योजना ल्याइएको फिलिपिनी अधिकारीहरूले बताएका छन्। हरेक पाँच वटा लामखुट्टे समाते वा मारेबापत एक पेसो फिलिपिनी मुद्रा दिइने मध्य मनिलाको बारान्गे एडिसन हिल्सका गाउँ प्रमुख कार्लितो केर्नालले घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने यो योजनाको खिल्ली उडाइरहेका छ्न् । तर, केर्नालले भने यसको बचाउ गरेका छन् । सामुदायिक स्वास्थ्यका लागि यो जरुरी भएको उनको भनाइ छ ।

जिउँदा लामखुट्टे भने अल्ट्राभ्वाइलेट प्रकाशको सहायता मारिनेछ । योजना सुरु भएयता अहिलेसम्म २१ जनाले लामखुट्टे समातेर वा मारेर पुरस्कार लिएका छन्। यस क्रममा लार्भासहित ७ सय ७० लामखुट्टे समातिएको समाचारहरूमा जनाइएको छ।

केर्नालले मंगलबार अबेर यो अभियानको घोषणा गरेका थिए । यस योजनाबारे एक जनाले ‘लामखुट्टे खेती सुरु हुँदै’ भनेका थिए । अर्का एक जनाले भने ‘एउटा पखेँटा नभएको लामखुट्टे लिन्छन् कि लिँदैनन्’ भनेर प्रश्न गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here