मोरङ– मोरङमा बिबाह भोज खाएका एक जनाको घाँटीमा हड्डी अड्किएपछि ज्यान गएको छ ।  भोज खाने क्रममा घाँटीमा हड्डी अड्किएर ५२ वर्षीय   घिसिङ धिमालको ज्यान गएको  छ ।

उर्लाबारी १ का वडासदस्य गौरीशंकर दाहालका अनुसार धिमाल हिजो छिमेकीको घरमा भोज खान गएका थिए । हड्डी अड्किएपछि नजिकैको मेडिकलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here