बुटवल । उपचाररत बालिकाको मृत्यु भएपछि जिल्ला अस्पताल गुल्मी तनावग्रस्त बनेको छ । उपचारका लागि अस्पताल पुर्याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र नर्सको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरूले अस्पताल घेराउ गरेका हुन् ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान समयमा मृत्यु भएको थियो ।
बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउँदा समेत नआएको उनले आरोप लगाए । अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले घटनाबारे जिम्मेवार ढंगले प्रस्तुत नभएपछि मृतकका आफन्तहरूले अस्पताल घेराउ गर्दै थप आक्रोशित भएका छन्।


























