काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा बिहीबार राति गएकाे पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

फक्ताङलुङ गाउँपालिका-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाय लिम्बू र दम्पतीका छोरी ९ वर्षीया गंगा र जमुनाको मृत्यु भएको हो । ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएका हुन् ।

बुधबार रातिदेखिको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here