काठमाडौँ । ललितपुरको सात दोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु गएको छ । ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रे धुलिखेल बस्ने ४० वर्षकी अप्सरा दाहालको निधन भएको हो । 

ठक्करबाट घाइते भएकी उनको उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here