काठमाडौँ । भक्तपुरमा लक्ष्मीपूजा गर्दा लगाएको लुगामा दियो सल्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८३ वर्षीया साबित्री देवी दाहाल छिन् ।
कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।


























