काठमाडौं । विभिन्न ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, बेलायत,भारत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतलाई नयाँ समीकरण अनुसार सरकार गठन भएसँगै उनीहरूलाई सरकारले फिर्ता बोलाएको हो ।