काठमाडौं- स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्न काठमाडौं महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सहकार्य हुने भएको छ।मंगलबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे। कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसमा आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाले सहयोग गरेर एकीकृत केन्द्र स्थापना सहकार्य गर्ने उपप्रमुख डंगाेलले भनिन्।उनले भनिन्, ‘महानगरपालिकाले स्वास्थ्य प्रबर्धन केन्द्र सञ्चालन गरिरहेको छ। यी केन्द्रहरुबाट उत्पादन हुने हानीकारक फोहोर प्रशोधन गर्ने केन्द्रका लागि सहकार्य गर्न थालेका हौं। यसलाई नमूना बनाएर स्वास्थ्य संस्थाहरूकै बीचको सहकार्य एकीकृत प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ।’ बैठकमा अस्पतालका अध्यक्ष डा. वंशिधर मिश्रले अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताउँदै प्राविधिक रूपमा उपयुक्त भए यही ठाउँमा नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको बताए।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले अहिलेसम्म ५० वटा अस्पतालको फोहोर व्यवस्थापन आचरण तथा अभ्यासको अनुगमन सम्पन्न गरिसकेको छ। यसमध्ये मिश्रित फोहोर भएका र निर्मलीकरण अभ्यासमा कमजोरी भेटिएका २० वटा अस्पतालको फोहोर रोकिएको थियो। यसरी फोहोर रोकिएकामध्ये पनि १८ वटाको पुनःअनुगमन गरिसकिएको छ।# अनुगमनका क्रममा टोली मनमोहन अस्पताल पनि पुगेको थियो। अस्पतालले प्रशोधन प्लान्ट स्थापना गर्ने योजनामा सहकार्यको सम्भावना त्यही क्रममा देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here