जेठ २६ – कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले आफ्नै घर जाँदा असुरक्षित भएको बताएकी छिन्। कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा आज (शुक्रबार) महिला पत्रकारहरूका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले यस्तो बताएकी हुन्।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर कोशी प्रदेश खारेजीको माग राख्दै सडक आन्दोलनमा छन्। आन्दोलनरत पक्षले बिहिबार उदयपुरको गाईघाटमा उपसभामुख दनुवारलाई  दुर्व्यवहार गरेको थियो।

सर्पदंश उपचार केन्द्रलाई सहयोगका लागि सम्बन्धित मन्त्रीसँग उदयपुर पुग्ने क्रममा आफूमाथि पहिचान पक्षधरले दुर्व्यवहार गरेको बताउँदै सभामुख दनुवारले भेन्टिलेटर हस्तान्तरण गरिसकेपछि आफ्नो घर जाँदा आफू माथि आक्रमण भएको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here