काठमाडौँ । धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले बताए ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । दुईतर्फी सवारी खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here