जनकपुरधाम । धनुषामा प्रहरीले तीन बोरा पटाका नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण नं.८ हेडक्वार्टरबाट खटेको टोलीले अवैध रूपमा नेपाल ल्याउँदै गरेको उक्त पटाका बरामद गरी नष्ट गरेको हो ।जनकपुरधाम उपमहानगरपालिका ४ स्थित माछा बजारबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालको कमान्डमा खटिएको प्रहरी टोलीले शुक्रबार भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरी नष्ट गरेको जनाइएको छ ।

प्रतिबन्धित पटाका, आतसबाजी लगायतका प्रज्वलनशील पदार्थहरू टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरी स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी धनुषाका एसपी दिनेश मल्लले जानकारी दिए । उनका अनुसार अन्दाजी मूल्य करिब १ लाख ३ हजार बराबरको उक्त पटाकाहरू नष्ट छ । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here