काठमाडौं । फिल्म ‘एक्टर’को मंगलबार शुभमुहूर्त गरिएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा आयोजित पूजा समारोहमा फिल्मका कलाकार र प्राविधिकले सहभागिता जनाए ।

प्रदीपसहित यो फिल्मबाट डेब्यु गर्न लागेकी अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या पनि समारोहमा थिइन् । दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो । समारोहमा अर्का अभिनेता दिव्यदेव पन्त पनि सहभागी थिए ।

यो फिल्मको छायांकन वैशाख २० गतेदखि मुस्ताङ, पोखरा र काठमाडौंमा हुनेछ ।

यो मल्टिस्टारर फिल्ममा सुशील सिटौला पनि महत्वपूर्ण भूमिकामा छन् । राजन भुसालले निर्देशन गर्ने यो फिल्मले नेपाली फिल्म अभिनेताको संघर्ष र उसको रोमान्सको यथार्थ पाटो चित्रण गर्छ ।

डेब्यु निर्देशक राजन भुसालले आकाश बरालसँग मिलेर यो फिल्मको पटकथा लेखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here