Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमानामा पर्ने दिप्लिघाट स्थित दुधकोशी नदीमा शिलान्यास भएको २ महिनामा निर्माण गरि उद्घाटन गरिएको छ । गत भदौ ५ गते दुधकोशीमा आएको बाढीले बगाएको बेलिब्रिज निर्माणका लागी सडक विभाग यस वर्षको वर्षायाम सुरु हुनु अगाडिनै निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको हो । बुधबार महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षता तथा सोताङ गाउँपालिकाका अध्यक्ष दिलराज बस्नेतको प्रमुख आतिथ्यमामा सम्पन्न एक कार्यक्रमका बिच साेताङ गाउँपालिका अध्यक्ष िखलराज बस्नेतले रिवन काटेर पुलको उद्घाटन गर्नुभएकाे हो ।

सोताङ गाउँपालिका महाकुलुङ गाउँपालिका र गौरीशंकर र मकालु हाइड्रो पावरको संयुक्त सहकार्यमा निर्मित बेलिब्रिज ५ करोड १० लाख रुपैयाँ अनुमानित लागतमा निर्माण सम्पन्न भएको हो । गत चैत्रमा शिलान्यास गरिएको बेलिब्रिज २ महिनामै निर्माण सम्पन्न गरि वर्षायाम अगाडिनै उद्घाटन गर्न सफल भएको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको भनाई छ । उहाँले यो पुल निर्माणका लागी आफू ६ महिना दिनरात नभनी खटेको जिकिर गर्नुभयो । उहाँले बेलिब्रिज कुनै प्राकृतिक कारण बाहेक ४० वर्ष सम्म टिक्ने दावी गर्दै पुल नहुँदा कोशीपारीका ३५ हजार जनताले भोग्नुपरेको समस्या अव अन्त्य भएको जिकिर गर्नुभएको छ ।

पुल निर्माण गर्नमा बाधा अवरोध पुर्‍याउन विभिन्न व्यक्तिहरू सकृय भएको भएपनि आफूले विचलित नभई नागरिकको समस्या समाधानका लागी अहोरात्र खटेर पुल निर्माण सम्पन्न गराएको उहाँको भनाई छ । यस्तै महाकुलुङ गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सुर्य बहादुर कुलुङले द्रुत गतिमा काम सम्पन्न भएर पुल सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले गाउँपालिकाका नागरिकलाई यो पुल निर्माण भएपछि संघीय राजधानी, जिल्ला सदरमुकाम लगायत पालिका बाहिर आवतजावत गर्न सहज हुनका साथै मूल्यवृद्धिको चपेटामा परेका जनतालाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा महाकुलुङ गाउँपालिका उपाध्यक्ष बिपना कुलुङ, गौरीशंकर र मकालु एपेक्स हाइड्रोपावरका संस्थापक अध्यक्ष इन्द्र थापा, सोताङ गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई, नेपाली कांग्रेसका सोताङ गाउँपालिकाका सभापति कृष्ण कार्की, सोताङ गाउँपालिका वाडा नं ३ का वडाध्यक्ष गोकर्ण बस्नेत, वडा नम्बर १ का वडाध्यक्ष जङ्ग गुरुङ, नेकपा माओवादी केन्द्रका नेता राजाराम राई तथा  नेकपा एमालेका  नेता कार्यकर्ता, शिक्षक, समाजसेवी सोताङ गाउँपालिका प्राविधिक कर्मचारीहरू, हाइड्रोपावरका प्रतिनिधिहरू तथा प्राविधिकहरू,  सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकाका स्थानीय  समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here