काठमाडौं । राजु गिरीको निर्देशन हुने फिल्म ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्मको मुख्य भुमिकामा अभिनेता माओत्से गुरुङ पनि अनुबन्धित भएका छन् ।

गुरुङसँगै फिल्ममा पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला, गीता अधिकारी लगायतको अभिनय रहने छ ।

माघ २८ गतेबाट फ्लोरमा निस्कने फिल्म दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको पट्कथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका हुन् ।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here