काठमाडौँ । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘भूठान : द वल्र्डस ह्याप्पिएस्ट म्यान’मा हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय रहने भएको छ । दुईपटक ओस्कार मनोनीत अभिनेता अव हरिवंश आचार्य र दयाहाङ राईसँगै फिल्ममा देखिनेछन् ।
ब्रुस डर्नले नेपाली फिल्म अभिनय गर्न लागेको भेराइटी म्यागजिनले जनाएको छ । अहिले अमेरिकामा छायाङ्कन भइरहेको फिल्म नेपालबाट अमेरिका गएर पेन्सिलभेनिया र ओहायो क्षेत्रमा बसोबास गरेका नेपालीभाषी भुटानीको कथामा बन्न लागेको हो ।पौडेलले यस अगाडि फिल्म ‘बुलबुल’ निर्देशन गरेका थिए । यो फिल्मले दर्शक तथा समीक्षक सबैबाट तारिफ पाएको थियो । फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका थियो ।
‘भूठान : द वल्र्डस ह्याप्पिएस्ट म्यान’ नेपाल र अमेरिकाको निर्माताको संयुक्त रहनेछ । फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापासँगै एलएन अधिकारी, कौशिला कर्माचार्य, रमेश भट्ट र अपार श्रेष्ठ हुन् । फिल्मको निर्देशक विनोदले केही अगाडि घोषणा गरेका थिए ।