काठमाडौं । लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले करिब ९ महिनापछि नृत्य गरेको गीत बेसारे माया सार्वजनिक भएको छ । नेपाली सांगितिक बजार संगीतमय बन्ने क्रममा मेलिना राई र अशोक सुनारको स्वर रहेको उक्त गीत सार्वजनिक भएको हो ।

चर्चित सर्जक रमेश परियारको शब्द, संगीत रहेको गीतमा भिडियोमा उनै लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशन रहेको छ भने हरी हुँमागाईको छायांकन नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर बिसी र मेलिना तामाङको नृत्य तथा अभिनय हेर्न पाईन्छ ।

यसअघि शंकर बिसी अमेरिकाबाट नेपाल आएपछि उनको निर्देशनमा धेरै गीतहरु बजारमा आएका थिए तर अमेरिकाबाट नेपाल आए पश्चात ९ महिनामा नृत्य अभिनय गरेको पहिलो गीत यही हो । यस गीतलाई रमेश परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here