काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा आमरण अनशनमा बसेका चलाउनेलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि उनी आमरण अनशनका गर्ने भन्दै जिल्ला अदालत परिसरमा गएका थिए । उपप्रधाध्यापक चलाउनेलाई प्रहरीले गणेश थापाको रोहबरमा छाडेको हो । उनले सोमबार साँझ पौने ५ बजेदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयअगाडि आमरण अनशनमा बस्ने बताएका छन् ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । यो मुद्दा सरकारले फिर्ता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here