काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् । उनले सोमबार प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बुधबारलाई विश्वासको मत लिनेगरी मुख्यमन्त्रीबाट पत्र आएको बताए ।
शाह एमालेको समर्थनमा गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए ।