काठमाडौँ । डोटीमा बँदेलको आक्रमबाट एक महिलाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका–१ मा बँदेलको आक्रममा परेर घाइते भएकी ३५ वर्षीया जगुलीदेवी भुलको मृत्यु भएको हो।
मंगलबार बिहान ७२ वर्षीय भगी भुल र जगुलीदेवीलाई बँदेलले आक्रमण गरेको थियो। दुवै जनालाई उचारका लागि अस्पताल पुगाउने क्रममा जगुलीदेवीको बीच बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर निराजन श्रेष्ठले बताए।जगुलीदेवीको टाउको र दुवै खट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक सीताराम विष्टले बताए। भगी भुलको भने टाउकोमा सामान्य चोट लागेको छ।