काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले शनिबार काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा आज बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिए।प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो।साथै दुई पक्षबीच आन्दोलन शान्तिपूर्ण तवरले गर्ने सहमति पनि भएकाे सहप्रवक्ता माण्डव्यले बताए। छलफलमा काठमाडौं जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीकाे सहभागिता थियाे।प्रसाईंकाे अभियानले बिहीबारबाट काठमाडौं उपत्यकामा प्रदर्शन थालनी गरेकाे हाे।

पहिलाे दिन बल्खुमा आयाेजना गरिएकाे कार्यक्रम निकै तनावपूर्ण भएकाे थियाे।जिल्ला प्रशासन कार्यालयले शुक्रबार तीनकुनेमा प्रसाईंलाई कार्यक्रम गर्न दिएकाे थिएन।महाअभियान, नेपालले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरेकाे जनाउँदै प्रशासनले कार्यक्रम गर्न नदिएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here