काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनियोजन विवरण सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत विवरण सार्वजनिक गरेकी हुन्। सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेकी छन्।

‘हामीले विगतदेखि नै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै आएका थियौँ। यी तथ्याङ्कका आधारमा प्राप्त कार्यान्वयन योग्य सुझावलाई आगामी बजेट बनाउने क्रममा मन्त्रालयले मनन गर्नेछ,` मन्त्री श्रेष्ठले भनिन् । शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई यी तथ्याङ्कले सहयोग गर्नेछ।

 यी तथ्याङ्कको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेल secretariat.minister@moest.gov.np  मा पठाउन सकिनेछ। शिक्षा क्षेत्रमा ५ वर्ष देखिको बजेट विनियोजन विवरण हेर्न यहाँ क्लिक  गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here