काठमाडौं । अहिले देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू/भागमा मौसम सामान्यतया सफा रहेको रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाअनुसार अहिले गण्डकी तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भू/भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू/भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू/भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू/भागको मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।