काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको जीपमा सवार आठैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना हुँदा त्यसमा सवार सबै आठजनाको मृत्यु भएको हो। जीप चालक दाङको लमही नगरपालिका(५ का तारा कुमालबाहेक अन्यको सनाखत हुन बाँकी रहेको प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताए ।
स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो।