काठमाडौं – नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको केन्द्रीय सदस्य रविन कोइरालाले बताए ।
‘पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेका छौं’ कोइरालाले भने, ‘अब पार्टी केन्द्रले त्यो प्रक्रिया पूरा गर्नेछ ।’
प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए । ‘ज्ञानेन्द्र शाहलाई झापामै ल्याएर कार्यक्रम गरेपछि पार्टीबाट निस्काशन गर्ने निर्णय गर्नु परेको हो’, केन्द्रीय सदस्य कोइरालाले भने ।
शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको उनले बताए । प्रदेश कमिटीको यस्तो निर्णयपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् ।