काठमाडौँ । नेपाल एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।  यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि कार्य व्यस्तताका कारण आउन नसकिएको एमालेले जनाएको छ ।

बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । अध्यक्षमा वर्तमान अध्यक्ष तेजेन्द्र केसी,  सचिव यज्ञ पोखरले र सैनामैना नगरपालिका पूर्वमेयर चित्र बहादुर केसीले आकांक्षा राखेका छन् । 

अधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष पौडेलसहित सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्य  लीला गिरीलगायत विभिन्न तहका नेताको उपस्थिति रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here