Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौँ । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा शनिबार पाँचथर पुग्दैछ।गएराति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने एमालेका नेताहरूले बताएका छन्।
एमालेले आज पाँचथरको फिदिममा आमसभाको आयोजना गरेको छ। मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्रा पुष १ गते मध्यपहाडी राजमार्गको पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुंगिनेछ।यात्रामा अध्यक्ष ओलीसहित अन्य पदाधिकारी तथा नेता–कार्यकर्ता सहभागी छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न मध्यपहाडी पुष्पलाल लोकमार्गकेन्द्रित संकल्प यात्रा गरेको पार्टीले जनाएको छ।सोही क्रममा पूर्वका पहिचानवादीहरूले कोशी प्रदेश बन्दको आह्वान गरेका छन्। पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै शनिबार र आइतबार यातायात बन्द आह्वान गरेका हुन् ।बन्दका क्रममा प्रहरीले स्कर्टिङ गरेर सवारी-साधन सञ्चालन गरिरहेको छ।


























