काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार लामालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनलाई तत्कालीन पुनरावेन अदालत पाटनले २०६४ सालमा दोषी ठहर गरेको थियो ।

पक्राउ गरेपछि उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here