काठमाडाैं । प्रधानीमन्त्री केपी शर्मा ओलीले निस्वार्थ भावनाका साथ गरेको काम सहयोग भएको बताएका छन् ।
काठमाडौंमा आयोजित शनिबार लायन्स इन्टरनेसनलको जिल्ला पदस्थापना समारोहमा उनले अरुलाई देखाउनको लागि गरिने काम सहयोग नभएको भन्दै परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्ने बताए ।
उनले भने, ‘कसैले देख्यो कि देखेन भनेर सानो सहयोग गरेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेर गरेको काम सहयोग होईन् । परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्छ । तपाईहरुले यो सेवाभावका साथ जुन काम गरिरहनु भएको छ, त्यसमा म तपाईहरुको साथमा छु । अर्थात अहिलेको सरकार लायन्सको साथमा छ ।’
उनले यो संस्थाले सेवा दिने क्रममा कसैको जात, देश, धर्म केही नसोध्ने भन्दै सबैलाई सद्भाव र समृद्धिको भावले यसले सहयोग गर्ने बताए ।
उनले भने, ‘समाज सेवाले जात सोध्दैन, देश सोध्दैन, धर्म सोध्दैन । सबैलाई सद्भाव र समृद्धिको भावले सहयोग गर्नुपर्दछ । यो एकदमै राम्रो काम हो यो राष्ट्रको पक्षमा छ ।’
देश राम्रो छ तर मानव र समाज विग्रिएको भन्दै आजको अवस्थामा मानवताको आवश्यकता भएको उनको भनाई छ ।