काठमाडौं- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताएका छन्।सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाइ ओभरहरू सबै एक चरणमा बनाउनुपर्नेमा जोड दिए।उनले सम्पदा, सहरका मन्दिर, देवालयहरू टेण्डर बनाएर काम काम सम्पन्न हुनै धेरै समय लाग्ने बताए।

मेयर महर्जनले ओखरपौवाका जनतालाई काठमाडौं उपत्यकाका मानिसले पाप दिएको जस्तो भएको भन्दै त्यसो गर्नु नहुने बताए।उनले दीर्घकालीन रूपमा काठमाडौं उपत्यकाको फोहोर चाँडो व्यवस्थापन गर्न आवश्यक रहेको पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here