काठमाडौं । आजदेखि युरो कप २०२४ जर्मनीमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा जर्मनीले शुक्रबार राति स्कटल्याण्डको सामना गर्नेछ ।
एक महिनासम्म चल्ने प्रतियोगिता जर्मनीका १० वटा रंगशालामा ५१ खेल खेलिने छ । २४ टिमलाई ६ वटा समूहमा विभाजन गरिएको छ । जर्जिया युरो कपमा नवप्रवेशी टिमका रूपमा डेब्यु गर्दैछ ।
समूह ‘ए’ मा जर्मनी, स्कटल्याण्डसँगै हङगेरी र स्विटजरल्याण्ड छन् । यस्तै समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् भने समूह ‘सी’ मा स्लोभानिया, डेनमार्क, सर्विया र इङ्ल्याण्ड छन् ।
समूह ‘डी’मा नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स र समूह प्लेअफ विजेता एलाई राखिएको छ भने समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ विजेता बीलाई राखिएको छ ।
समूह ‘एफ’मा टर्की, प्ले अफ विजेता सी, पोर्चुगल र चेज रिपब्लिक छन् । प्लेअफको विजेता ‘ए’ समूहमा पोल्याण्ड, फिनल्याड र स्टोनिया छन् भने प्लेअफ विजेता ‘बी’ मा इजरायल, बोस्निया हर्जगोभिना र युक्रेन र आइसल्याण्ड रहेका छन् ।
