काठमाडौं । फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरेर धम्की दिई सामाजिक सञ्जाल फेसबुक समेत ह्याक गरेको आरोपमा २२ वर्षीय दिपेश लोहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ धनपालथान गाउँपालिका–४ कर्सियाका २२ वर्षीय लोहनीलाई फेसबुक लाइभबाट आत्महत्या गर्ने र पीडित लगायतलाई फसाउने, पीडितको चरित्रहत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरेर धम्की दिई सामाजिक सञ्जाल फेसबुक समेत ह्याक गरी लोहनीले अश्लिल फोटो तथा भिडियोहरु फेसबुकसँग जोडिएका व्यक्तिहरुलाई पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

अनाहकमा पिडितको चरित्र हत्या गर्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी विद्युतिय कारोबार ऐन अन्तर्गतको कसूरमा थप अनुसन्धान एवं कारबाहीको लागि लागि प्रहरी परिसर टेकु पठाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here