काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दुई दिनको म्याद दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रिजाललाई लगत्तै अदालतमा पेश गरिएको थियो । उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्बासका लागि पहल गरेका थिए । उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ ।
उक्त घटनामा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलगायत १६ जना पक्राउ परिसकेका छन् ।


























